Section 6
गैरकानूनी तवरले मतपत्र दिन वा लिन नहुने
(१) निर्वाचन अधिकृत वा मतपत्र जिम्मा लिने कर्मचारीले नगद, जिन्सी, सेवा वा अन्य कुनै प्रकारको लाभ लिई वा नलिई वा लिन मञ्जुर गरी वा नगरी त्यस्तो मतपत्र मतदाता बाहेक अन्य व्यक्तिलाई दिन हुँदैन ।
(२) कसैले पनि कसैलाई नगद, जिन्सी, सेवा दिई वा दिन मञ्जुर गरी वा कुनै किसिमकोलोभ देखाई वा कुनै किसिमको डर, त्रास, धाक वा धम्की दिई वा कुनै किसिमको बल प्रयोग गरी वा नगरी गैरकानूनी तवरले मतदान गर्नको लागि कसैबाट मतपत्र प्राप्त गर्न वा गराउन हुँदैन ।
(३) उपदफा (१) वा (२) विपरीतको कार्य गर्ने व्यक्तिलाई एकलाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।